मिस नेपाल अनुष्कालाई बेल्जियममा सम्मान

■ डिल्ली अम्माई, बेल्जियम 'मिस नेपाल युरोप'को लागि नेपालबाट आएका हिडन ट्रेजर नेसनलका डाइरेक्टर प्रमोदरत्न कंसाकर र मिस नेपाल अनुष्का श्रेष्ठलाई एनआरएनए महिला फोरम बेल्जियमले सम्मान गरेको छ। फोरमकी संयोजक सुशीला खतिवडाको सभापतित्वमा शनिबार (१ फेब्रुअरी) सम्पन्न सम्मान कार्यक्रममा प्रमुख अतिथिको रुपमा एनआरएनए बेल्जियमका अध्याध्यक्ष चित्र सुवेदीले मिस नेपाल अनुस्का श्रेष्ठको एक परोपकारी प्रोजेक्टको सहयोगबारे…