संक्रमितको सेवा गर्दागर्दै एनआरएनए जापानका अध्यक्ष आफै संक्रमित

विशेष प्रतिनिधि, टोकियो (जापान) कोरोना महामारीको प्रकोपमा पनि आफ्नो स्वास्थ्यलाई जोखिममा राखेर जापानवासी नेपालीहरुको सेवामा खटिएका एनआरएनए जापानका अध्यक्ष देवीलाल भण्डारी अन्ततः आफै कोरोनासंक्रमित हुनुभएको छ । सामान्य टाउको दुख्नुका साथै शरीरमा केही अस्वस्थता महशुस भएपछि बिहीबार ८ तारिख खानागावा (उहाँकै निवासनजिकै) को एक अस्पतालमा परीक्षणका लागि पुग्नुभएका उहाँमा कोरोना परीक्षण गराउँदा संक्रमण देखिएको हो…