पोर्चुगलमा दूतावासको टोलीले दिन थाल्यो कन्सुलर सेवा

पोर्चुगलमा विद्युतीय राहदानी (ई-पासपोर्ट) वितरण गर्न पुगेको फ्रान्सस्थित नेपाली रजदूतावासको टोलीले कन्सुलर सेवा पनि दिन सुरु गरेको छ । टोलीले बुधबार (४ पुस)देखि लिस्बनस्थित ओलाइसमा सञ्चालित घुम्ती शिविरबाट कागजात प्रमाणीकरणलगायत कन्सुलर सेवा दिन सुरु गरेको हो । बुधबार पहिलो दिन एक सय पाँचवटा प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) र ३९ वटा अन्य कागजात प्रमाणीकरण गरिएको…