राष्ट्रियगानको धुन बजाएर कार्यसम्पादन आरम्भ कृष्णपक्ष थापा, इजरायल इजरायलस्थित नेपाली राजदूतावासले सेवा सुचारु गर्नुपूर्व अनिवार्य रूपमा राष्ट्रियगानको धुन बजाएर कार्यसम्पादन आरम्भ गर्ने परम्पराको थालनी गरेको छ। नेपाली राजदूतावास, तेल अविवका कार्यवाहक राजदूत कुमारबहादुर श्रेष्ठको अध्यक्षतामा बसेको दूतावासको मिति २०८१ असोज २१ गतेको बैठकले पारित गरेबमोजिम नेपाली राजदूतावास, तेल अविवले मिति २०८१ मङ्सिर ०२ गते आइतबारबाट…