नेपालमा विद्यालय भवन बनाउन बेलायतमा खडा भयो अक्षयकोष

लन्डन । लमजुङको क्व्होलासोंथर गाउँपालिका-६ पसगाउँमा रहेको पसगाउँ ठाँटी माध्यमिक विद्यालयमा एक दम्पत्तिले ६ लाख ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । गिलुङ घर भई हाल बेलायतमा बसोबास गर्दै आएका दिलमाया गुरुङले पति नन्दप्रसाद गुरुङका साथ माइती पसगाउँको विद्यालयमा अक्षयकोष स्थापना गरेका हुन् । बेलायतस्थित तमुधिं लन्डन इकाई आमा समितिका महासचिव समेत रहेका दिलमाया…