डायस्पोरामा बसोबास गर्ने पर्वतेलीहरुको साझा संगठन भनेर चिनिएको अन्तर्राष्ट्रिय समाजको तेस्रो अधिवेशनबाट झलक केसीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन गरिएको छ । पर्वत जिल्लाको पर्यटकीय गाउँ चित्रेमा आयोजना गरिएको अधिवेशनबाट यसले नयाँ नेतृत्व चयन गरेको जनाइएको छ। समाजको अध्यक्षमा निवर्तमान वरिष्ठ उपाध्यक्षका साथै पर्वत समाज बेल्जियमका पूर्वअध्यक्षसमेत रहेका एक उर्जावान व्यक्ति भनेर चिनिएका झलक केसी…