टोकियो प्रतिनिधि प्रेमका लागि दरबार त्यागेकी जापानकी पूर्वराजकुमारी माको कोमुरो अमेरिका प्रस्थान गरेकी छन् । सर्वसाधारण नगारिकसँग प्रेमविवाह गरेकी कोमुरो गत आइतबार बिहान पतिसँगै अमेरिका गएकी हुन् । आइतबार बिहान टोकियोको हानेदा विमानस्थलबाट माको र उनका पति केइ कोमुरो अमेरिका प्रस्थान गरेको जापानको सरकारी समाचारमाध्यम एनएचकेले जनाएको छ । नवविवाहित जोडी न्युयोर्कमा एक अपार्टमेन्ट भाडामा…