जापानमा संक्रमण बढ्ने भयका कारण संकटकाल लगाउन आग्रह

विशेष प्रतिनिधि, टोकियो (जापान) जापान मेडिकल एशोसियशनका अध्यक्ष तोशिओ नाकागावाले सकेसम्म छिट्टै कोरोना भाइरसको संक्रमणका कारण अर्को संकटकाल लगाउन सरकारसँग अनुरोध गरेका छन् । पछिल्लो समय देशभर फैलिरहेको संक्रमणलाई चौथो चरणको संज्ञा दिँदै उनले बुधबार यस्तो अनुरोध गरेका हुन् । 'सकेसम्म छिट्टै संकटकालको घोषणा गर्नु जरुरी छ', नियमित पत्रकार सम्मेलनमा नाकागावाले भने । यही महिनाको…