अमेरिकी सिनेटमा नेपालको कोरोना भाइरसको असरबारे छलफल

रासस मधुकर अधिकारी, वासिङ्टन डिसी अमेरिकी सिनेटअन्तर्गतको वैदेशिक मामिला समितिमा बुधबार नेपालमा कोरोना भाइरसले पारेको असरका बारेमा छलफल भएको छ । कोभिड-१९ महामारी र अमेरिकाको अन्तर्राष्ट्रिय ‘रेसपोन्स’का बारेमा भएको सुनुवाइ कार्यक्रममा कनेक्टिकट राज्यबाट अमेरिकाको सिनेटमा प्रतिनिधित्व गर्नुहुने सिनेटर क्रिस मुर्फेले नेपाल लक्षित भएर जिज्ञासा राख्नुभएको थियो । उहाँले नेपालको करिब तीन करोड जनसङ्ख्या कोरोना भाइरसको…