आयुमीको ‘आफैँलाई’ गीत सार्वजनिक

अष्ट्रेलियालाई कर्मभूमि बनाइरहनुभएकी आयुमी तामाङले आफ्नो नयाँ साङ्गीतिक कोसेली ‘आफैंलाई’ सार्वजनिक गरेकी छिन् । आर्मी अफिसर्स क्लबमा आयोजित एक कार्यक्रमकाबीच उनले आफ्नो उक्त गीतको ‘भिडियो’ सार्वजनिक गरेकी हुन् । सार्वजनिक गीतमा शब्द र सङ्गीत पनि आयुमीकै छ । गीतको भिडियो थोमसको निर्देशनमा तयार गरिएको हो । भिडियोमा गायिका तामाङले अभिनेता कुन्साङ बम्जनसँग अभिनय गरेकी छन्…