बलिउड अभिनेता सैफ अली खान छुरा प्रहारबाट घाइते

बलिउड अभिनेता सैफ अली खानमाथि छुरा प्रहार हुँदा उनी सख्त घाइते भएका छन् । उनलाई धारिलो हतियारले आक्रमण हुँदा ६ ठाउँमा चोट लागेको उनको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । अस्पतालले उनलाई लागेको चोटमध्ये दुई वटा गहिरो भएको र एउटा उनको मेरुदण्डनजिकै रहेको जनाएको छ । बान्द्रास्थित ’सतगुरु शरण’ भवनको १२औँ तलामा रहेको खानको निवासमा…