नेपाली सङ्गीतमा गायक, सङ्गीतकार, एरेञ्जरलगायतको परिचयद्वारा स्थापित जेम्स प्रधान अब निर्देशक बनेका छन् । उनले निर्देशन गरेको छोटो चलचित्र ‘सर्ट टर्म मेमोरी लस’को काठमाडौंमा आयोजित एक समरोहमा विशेष प्रदर्शनी गरियो । एउटै कथालाई गीत र छोटो चलचित्रमा प्रस्तुत गरेका गायक प्रधानले आफू इन्टरनेटको माध्यमले चलचित्रको विधालाई नजिकबाट नियालीरहेको जानकारी दिए । 'यो मेरो दोस्रो छोटो…