राजन घिमिरे, सिड्नी (अष्ट्रेलिया) नेपाली सिनेमाको निमित्त प्रवासका बजारमध्ये यतिबेला अष्ट्रेलियालाई एक राम्रो बजारको रूपमा हेरिन थालिएको छ । नेपालमा राम्रो उचाइ लिएको र प्रशंसा कमाएको चलचित्रले अष्ट्रेलियामा चार करोडसम्मको ब्यापार गर्न सक्छ भन्ने उदाहरण चलचित्र कबड्डी–४ ले प्रमाणित गरेपछि अष्ट्रेलियामा आफ्ना चलचित्रहरू बेच्नका लागि यतिबेला निर्माताहरूबीच प्रतिस्पर्धा नै चल्न थालेको छ । 'तर, सबै…