थाइल्यान्ड र लाओसको सीमाक्षेत्रमा बिहीबार बिहान ६.४ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण त्यस क्षेत्रका बासिन्दा त्रसित भएका अधिकारीहरूले जानकारी दिएका छन् । सिन्ह्वा समाचार एजेन्सीका अनुसार थाइल्यान्डको मौसम विज्ञान विभागका महानिर्देशक सोम्साक खावसुवानले सयभन्दा बढी कम्पन भएको जानकारी दिए । स्थानीय समयअनुसार नोभेम्बर २० तारिखको राति ११ बजेसम्ममा सयपटक परकम्प भएको उनले बताए…