मध्यावधि निर्वाचनको चर्चा अफवाह मात्र भएको जापानी प्रधानमन्त्रीको भनाइ

जापानका प्रधानमन्त्री फुमियो किशिदाले मध्यावधि निर्वाचनको चर्चा अफवाह मात्र भएको बताएका छन् । प्रधानमन्त्री किशिदाले आफ्नो लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) ले संसदीय उपनिर्वाचनमा पाँचमध्ये चार स्थानमा विजय हासिल गरेको एक दिनपछि सोमबार सञ्चारमाध्यमसँगको कुराकानीमा संसदको तल्लो सदनलाई मध्यावधि निर्वाचनका लागि विघटन गर्नेबारे आफूले नसोचेको बताएका हुन् । “हामीले एकपछि अर्को गर्दै महत्वपूर्ण नीतिहरु अवलम्बन गर्नुपर्ने…