क्यामरुनमा हतियारधारीद्वारा अपहरित ७९ जना विद्यार्थीलाई नियन्त्रणमुक्त गरिएको छ । गत सोमबार अपहरित उनीहरुलाई सकुशल नियन्त्रण मुक्त गरिएको क्यामरुनका सञ्चारमन्त्रीले बुधबार जानकारी गराएका एएफपीले जनाएको छ । अपहरण मुक्त भएकाको बारेमा विस्तृत विवरण भने अहिले दिइएको छैन । फ्रान्सभाषीको बाहुल्यता रहेको देशको अंग्रेजीभाषी बाहुल्यता रहेको ठाउँबाट उनीहरुलाई अपहरण गरिएको थियो । उक्त क्षेत्रलाई क्यामरूनबाट छुट्ट्याउन…