विदेशी कामदारलाई जापानमा आकर्षित गर्ने उद्देश्यले जापानको मन्त्रिपरिषद्ले शुक्रबार नयाँ मस्यौदा विधेयक स्वीकृत गरेको छ । श्रमिक कामदारको अभाव झेलिरहेको जापानले यो विवादास्पद विधेयक स्वीकृत गरेको बताइएको छ । उक्त मस्यौदा विधेयक छलफलका लागि संसद्मा प्रस्तुत गरिने जापानको मन्त्रिपरिषद् सचिवालयले जनाएको छ । विधेयकमाथि विपक्षी दलसहित प्रधानमन्त्री सिन्जो आबेको दलका सांसदले समेत विरोध गरेका छन्…