नौ हजार प्रहरीसहित टर्की सरकारद्वारा १८ हजारभन्दा बढी कर्मचारी बर्खास्त

टर्कीको सरकारले यहाँका १८ हजार ६३२ कर्मचारीलाई बर्खास्त गरेको छ । सरकारले आइतबार एक निर्देशिका जारी गर्दै ती कर्मचारीलाई बर्खास्त गरिएको जनाएको विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । यसरी बर्खास्तमा पर्नेमा सरकारी गैरसैनिक कर्मचारी, सैनिक अधिकारी, प्रहरी र विश्वविद्यालयका प्राध्यापकसमेत रहेका बताइएको छ । सरकारले आइतबार आकस्मिक रूपमा एक निर्देशिका जारी गरेर बर्खास्त गरिएकामा…