इराकको राजधानी बग्दादको ब्यापारिक इलाकामा आइतबार बिहान सबेरै भएको एक आत्मघाती कार बम आक्रमणमा असीभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । राजधानी बग्दादमा यस बर्षमा भएका एकल आक्रमणहरुमा यो सब भन्दा भीषण आक्रमण भएको बताइएको छ । यस आक्रमणमा परी अन्य १३३ जना घाइते भएका छन् । सो विस्फोटन बग्दादको कर्रादा क्षेत्रमा रहेको सडकमा भएको…