प्रा.डा. सुरेन्द्र केसीले लोकतन्त्रको आवरणमा राज्यसत्तामा पक्षपाती र सामान्तवादी चरित्र मौलाउँदै गएको टिप्पणी गरेका छन् । युवा विचारक सुदर्शन अर्याल ‘शितल’द्वारा लिखित वैचारिक पुस्तक ‘लोकतान्त्रिक सामन्तवाद’को विमोचन कार्यक्रममा बोल्दै डा. केसीले यस्तो टिप्पणी गरेका हुन् । वर्तमान शासनसत्ता देख्नमा लोकतन्त्रजस्तो देखिए पनि शासनशैली र व्यवहारमा सामन्तवादी चरित्र देखिएको उनले बताए । प्राडा केसीले भने, ‘त्यसकारण…