देशको एकता जोगाउन यतिसम्म गर्थे पृथ्वीनारायण

  भक्तपुरमा अधिकार भएपछि श्री ५ पृथ्वीनारायण शाहले नुवाकोटमा रहेका आफ्ना तीनै भाइलाई पनि काठमाडौंमा बोलाएर परस्परमा हर्ष प्रकट गरे । भक्तपुरमा आक्रमण गर्न जाने सैनिक दलका दुई टोलीमा एक टोलीका सेनानायक काजी शूरप्रताप शाह र अर्का टोलीका सेनानायक काजी वंशराज पाँडे थिए । यिनमा जितबाजीको मुख्य शिरोपाउ कुन काजीलाई मिल्ने भन्ने विषयमा काठमाडौंमा डेढ…