विश्व साहित्यसँग समदूरीमा भएर पनि पछि पऱ्यो नेपाली कविता लेखन : कवि कृसु क्षेत्री

कृसु क्षेत्री नेपाली साहित्यमा सामान्य रुचि राख्ने पाठकहरूलार्ई समेत चिनाइराख्नुपर्ने नाम होइन । तीन दशकदेखि निरन्तर कलम चलाइरहनुभएका सर्जक क्षेत्रीको विधा कवित्व र कविता हो । भानुभक्त, लेखनाथ, सम, देवकोटा, भूपि शेरचन र वैरागी काइँलालगायत स्वनामधन्य सर्जकहरूले हुर्काउनुभएको र मलजल गर्नुभएको नेपाली कवित्व लेखनको पछिल्लो पिँढीको एक क्रियाशील सर्जकको रूपमा कवि कृसु क्षेत्री निरन्तर लागिपर्नुभएको…