समाजशास्त्रको आँसु

– प्रथा यो जिन्दगीको भीरमा किन फुल्दैनन् भीरफूलहरू र त्यो पहाड जिस्क्याइरहन्छ मलाई ? कहाँ बगेर जाँदो हो– यो पसिनाको नीलो नदी ? र जीवनको डालीमा बसेर काकाकुल बासिरहेछ– टाट पल्टिएको भोको समय ! ००० भन त च्याङ्बादाइ ! आफूभन्दा बूढो चस्मा लाएर जिन्दगीको अक्कर हिँडिरहेको निरक्षर बटुवाले ००० मेरो खर्पनले तौलिएको ओजन बालुवा हो…