साँझमा शिवपुरी गुम्बा किन पुग्थे दीपेन्द्र ?

दीपेन्द्रको मनोरञ्जनको एउटा केन्द्र नै बनेको थियो– होटल यलो प्यागोडासँगैको घर । अनिल, उनकी पत्नी रति, मिक्की, गजेन्द्र बोहरा, राजु कार्की र रविराज राजकर्णिकारलगायतका व्यक्ति त्यस घरमा बेलाबखत भेला हुने गर्थे । अनिलचाहिँ कहिलेकाहीँ ल्यापटप अगाडि राखेर देश निर्माणका योजना पनि दीपेन्द्रसमक्ष प्रस्तुत गर्ने गर्थे । तर, त्यस घरमा भोजभतेर, नाचगान र मनोरञ्जनात्मक अन्य क्रियाकलापहरू…