भोकको तलाऊ

✍ प्रथा ओमकार पातला चोयाहरू खिपेरकसले बुनेको होयो झ्यालखानाजस्तै उदास मान्द्रो ?र युगौँयुगदेखियही मान्द्रोको ध्वाँसे शीलिङमाथिविस्कून सुकाइरहेछन्यो देशका सम्भ्रान्त मठाधीषहरूउज्यालो नहुँदै मुर्झाएकाहाम्रा करोडौं सपनाका चेरीफूलहरू ! उमेरले डोऱ्याएरथकित बनेका ऊँटहरूजस्तैयी भरोसा गुमाएका करोडौँ मान्छेहरूअब कहिले पुग्छन् होलाजीवनको भऱ्याङ चढेर- आकाशको विशालतासम्म ?र, खुसीको आधा इन्द्रेणीसँगैयो धर्तीको एकलास पटाङ्गिनीभरिपुनः मुस्कुराउने छजिउन बाँकी यो एक टुक्रा बेसुर…