अशोकको ‘अप्प दीपो भवः यात्रा’ समापन

पोतालमा पहिलो र मायादेवीमा दोस्रो संस्करण पशुपतिनाथ मन्दिरबाट सुरु भएको ‘अप्प दीपो भवः यात्रा’ बुद्ध जन्मभूमि लुम्बिनीस्थित मायादेवी मन्दिरमा पुगेर सफलतापूर्वक सम्पन्न भएको छ । गौतम बुद्धको सूत्रवाक्य 'आफ्नो प्रकाश आफैँ बन'लाई आत्मसात् गर्दै लेखक अशोक सिलवाल यात्रामा निस्किएका थिए । ‘सत्यम्, शिवम्, सुन्दरम्‌बाट अप्प दीपो भवःसम्मको यो यात्राले लेखनलाई भुइँको संवाद र संवेदनासँग जोड्दै…