भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भूटान सरकारले निर्माण गर्न लागेको भूटानी गुम्बाको शनिबार (१३ असार) औपचारिक रूपमा शिलान्यास गरिएको छ । भूटानका गृहमन्त्री ल्योन्पे छिरिङ, भूटानका धर्मगुरु उप महासङ्घराजा दोर्जे लोपेन रिम्पोछे तथा नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री खडकराज पौडेल (गनेस)को उपस्थितिमा विशेष धार्मिक विधिअनुसार गुम्बा निर्माणको शुभारम्भ भएको हो । शिलान्यास कार्यक्रममा…