✍ श्याम लम्साल ठेला उठेका हातहरूठेला उठेका पैतालाहरूओढेर श्रमको पछ्यौरीपट्पटी फुटेका अङ्ग प्रत्यङ्गहरूलेठिङ्ग उभिएकोयसपालिको दशैँलाई पनिशुभकामना दिइरहेकै छन्ठेला उठेका हातहरूखुट्टा पनिफोका फुट्दापानीअमला निचोरिए जसरीश्रमका, मुल्य मान्यताका थोपाहरूखस्छन् धरतिमाएक भुँडी अन्नका लागितड्पिरहेको मानव आकृतिआङ ढाक्नकै लागिबास खोज्नकै लागिपानीअमलारूपी ठेला उठाउँदैमानव हुनुको अस्तित्वलाई जिवन्त राख्नयसपालिको दशैँमा पनिभनिरहेछ शुभकामना !! दिङ्ला भोजपुर