कुल १३८ सदस्य भए सरकार बन्न र चल्न सक्ने भएपनि सत्तापक्षले एमाले र राप्रपाबाहेक सबैलाई समेटेर अघि बढ्ने रणनीति अवलम्बन गर्नुलाई सामान्य अर्थमा बुझ्न मिल्ने अवस्था छैन । प्रचण्डको नेतृत्वमा काङ्ग्रेससहितको गठबन्धन सरकार बने पनि यसले संवैधानिक नियुक्ति आफूअनुकुल गर्न नसक्ने भएपछि सत्ता गठबन्धन सकसमा परेको छ । संवैधानिक परिषदमा प्रधानमन्त्री, प्रमुख विपक्षी दलका नेता,…