‘कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ’ : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूहरूले समयानुसार कांग्रेस बदलेको र अब देश बदल्ने प्रतिबद्धता गरेका छन् । केन्द्रीय कार्यालयमा शुक्रबार (९ माघ) पद बहाल गरेपछि उनले ‘बदल्यौँ कांग्रेस, बदल्छौँ देश’ सङ्कल्पप्रति प्रतिबद्धता जनाएका हुन् । 'यही सङ्कल्पका साथ नयाँ यात्रा प्रारम्भ गर्दैछौँ, हामी । हाम्रो केवल एक ध्येय छ- देशको समुन्नति', थापाले उल्लेख गरेका छन्…