नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले सत्तारुढ गठबन्धनमा रहेका दलहरुले सहमति जनाएपछि मात्र एमसिसी संसदबाट पारित हुने बताएका छन् । नेपाल प्रेस युनियनले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा आगामी संसद् बैठकमा एमसिसी टेबल हुने सम्बन्धमा सञ्चारकर्मीको जिज्ञासामा उनले सबै दलसँग परामर्श गरेर संसदबाट पारित हुने गरी छलफल गरेर मात्र कांग्रेसले एससिसीको प्रस्ताव अघि बढाउने धारणा…