सोमबार नेपालमा थपिए २,६२२ संक्रमित, मृत्यु हुनेको संख्या ९,२४८

नेपालमा सोमबार थप २,६२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७,४९९ पीसीआर तथा ४,०२८ एन्टीजेन गरी ११,५२७ नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार काठमाडौं उपत्यकामा मात्रथप ५६२ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंका ३७८, ललितपुरका १२४ तथा भक्तपुरका ६० जनामा संक्रमण पुष्टि भएको हो।…