दुई वर्षमुनिको बच्चा छाडेर महिलालाई विदेश जान अनुमति नदिइने

चितवनको रत्ननगर नगरपालिकाले काखको बच्चा दुई वर्ष नहुँदै आमा, बुबा, सासु आमा र ससुरालाई जिम्मा लगाएर विदेश जान महिलालाई अनुमति नदिने प्रस्ताव पारित गरेको छ । नगरपालिकाको नवौं नगरसभा बजेट, नीति तथा कार्यक्रमसहित १७ वटा प्रस्ताव पारित गरिएको हो । यही असार ६ गते शुरु नगरसभाअन्तर्गत विभिन्न चरणमा बजेट, नीति तथा कार्यक्रम सहित महत्वपूर्ण प्रस्तावहरुमा…