उपत्यकाका करिडोर सडक व्यवस्थापनका लागि ट्राफिक टोली परिचालन हुने

सनत आचार्य काठमाण्डौ उपत्यकाको करिडोर क्षेत्रमा अव्यवस्थित रूपमा सवारीसाधनहरू पार्किङ गरी आवागमनलाई समेत प्रभाव पार्ने कार्य भएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको कोरिडर सडक व्यवस्थापनको लागि छुट्टै ट्राफिक प्रहरी टोली खटाउने भएको छ । महाशाखाले आज (१८ चैत) एक कार्यक्रमका बीच करिडोर सडक व्यवस्थापन टोली परिचालन गरेको जानकारी दिएको छ । महाशाखाका प्रमुख एसएसपी जनक…