जथाभावी नागरिकता वितरण गरेको आशंकामा इलाका प्रशासन प्रमुख प्रहरी नियन्त्रणमा

नागरिकता वितरण प्रकरणमा त्रुटि देखिएपछि इलाका प्रशासन कार्यालय गौरीगञ्ज (झापा)का प्रमुख धनञ्जयकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रशासन कार्यालय झापाको अनुरोधमा शनिबार साँझ जिल्ला प्रहरी कार्यालयमा बोलाएर उनलाई नियन्त्रणमा लिइएको हो । 'हामीले जिप्रकाको आदेशलाई मानेका हौँ', प्रहरी प्रवक्ता राकेश थापाले भने, 'खै नागरिकता वितरण प्रक्रियामा केही त्रुटि भयो भन्ने कुरा आएको छ…