अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रिक्त प्रमुख आयुक्त तथा आयुक्तको नियुक्तिसम्बन्धी विषयलाई लिएर सत्तारुढ दलभित्र उत्पन्न विवाद थप गहिरिने सम्भावना बढेको छ । नियुक्तिका निम्ति पटक–पटक आयोजित संवैधानिक परिषदको बैठकमा कोरम नपुगेपछि मङ्गलबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी भएको छ । परिषद्मा प्रधानमन्त्रीसहित पाँच सदस्य उपस्थित नभए फोरम नपुगेको मानिने प्रावधान भएको र बैठकमा…