नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ८८७, कुल संक्रमित १,६२,३५४ जना

अब हप्ताको दुई दिन मात्र प्रेस बिफ्रिङ हुने नेपालमा थप एक हजार ९५४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । अब नेपालभर संक्रमितको कुल संख्या १,६२,३५४ पुगेको छ । आज (१२ कात्तिक, बुधबार) मुलुकभरका विभिन्न स्वास्थ्य प्रयोगशालामा ८,२४८ जनाको पिसिआर परीक्षण गरिएको छ । स्वास्थ्य मन्त्रालयले जनाएअनुसार आज २,९८१ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका…