गत साउन १३ गतेदेखि स्थगित सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक यही भदौ २६ गते शुक्रबार बस्ने भएको छ । सो पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र सहअध्यक्ष प्रचण्डबीच आज (२२ भदौ) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा महासचिव विष्णु पौडेलसहित भएको छलफलमा स्थायी कमिटी बैठक बोलाउने सहमति भएको नेकपाका केन्द्रीय प्रचार विभाग…