एमाले उपाध्यक्ष पौडेललाई साधारण तारेखमा छाड्न आदेश

नेपाली कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेललाई विशेष अदालतले साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले उनलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो । आदेशमा भनिएको छ, 'विष्णु प्रसाद पौडेललको सम्बन्ध, सलंग्नता रहेको कुरा तत्काल प्राप्त प्रमाणहरुवाट खुल्न नसकेको,…