प्रकाण्ड-प्रकरणमा सरकारी रवैयाप्रति सर्वोच्च ‘गम्भीर’ !

विप्लव नेतृत्वको नेकपाका प्रवक्ता प्रकाण्डलाई थुनामुक्त गर्न पटक–पटक आदेश दिए पनि गैरकानुनी रूपले थुनामा राखेर अदालतको आदेशलाई असम्मान गरेको भन्दै सर्वोच्च अदालतले गम्भीर सरोकार जनाएको छ । अदालतको आदेशको सम्मान र कार्यान्वयन गर्नुपर्ने कानुनी दायित्व भएका निकायहरूबाटै बार–बार बन्दीप्रत्यक्षीकरण सम्बन्धमा अटेरीपन दर्शाएको भनी सर्वोच्चले आपत्ति जनाएको हो । न्यायाधीशद्वय सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको…