वरिष्ठ अधिवक्ता भण्डारी महान्यायाधिवक्ता नियुक्त

वरिष्ठ अधिवक्ता सविता भण्डारीलाई सरकारको कानुनी सल्लाहकार तथा महान्यायाधिवक्ता नियुक्त गरिएको छ । भण्डारी नेपालको इतिहासमा महान्यायाधिवक्ता हुने पहिलो महिला बन्न पुगेकी छन् । पूर्वसूचना आयुक्त भण्डारी वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीकी छोरी हुन् । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार (२९ भदौ) वरिष्ठ अधिवक्ता भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गरेकी हुन् । राष्ट्रपति कार्यालयका प्रवक्ता…