पाकिस्तानसँगको सीमानजिकै पूर्वी अफगानिस्तानमा आएको शक्तिशाली भूकम्पले धेरै गाउँहरू ध्वस्त पारेको छ र व्यापक क्षति पुर्याएको छ । यस विपत्तिमा कम्तीमा ६ सय जनाको ज्यान गएको र पाँच सयभन्दा बढी घाइते भएको सम्बद्ध अधिकारीहरूलाई उद्धृत गर्दै समाचार एजेन्सीहरुले जनाएका छन् । खोजी तथा उद्धार टोलीहरू प्रभावित क्षेत्रमा पुगेपछि मृतक र घाइतेको सङ्ख्या अझै बढ्ने अनुमान…