मनमानेश्वरी र डा. प्रयागराज पण्डित

– गोपाल पराजुली पुनरावेदन अदालत पाटनमा रहँदा एकपटक एउटा अलिक जटिल मुद्दा छिन्नुपर्ने भयो । मनमानेश्वरी गुठी निजी गुठी हो वा राजगुठी हो भन्ने विषयमा विवादको छिनोफानो गर्नुपर्ने थियो । न्यायाधीश श्रीकृष्ण प्रसाद उपाध्याय र मेरो इजलासमा त्यो मुद्दा तोकियो । करिब १० दिनको लगातारको सुनुवाईपछि मुद्दाको टुङ्गो लगाउनुपर्ने भयो । मनमानेश्वरी भनेको के हो…