आंशिक प्राध्यापकहरु आन्दोलनमै

आफूहरुलाई करारमा नियुक्ति दिनुपर्ने माग राखेर अनसनमा उत्रिएका आंशिक प्राध्यापक संघमा आबद्ध प्राध्यापकहरुले दशैँको टीका समेत नलगाई अनशन र धर्ना जारी राखेका छन् । आंशिक प्राध्यापकलाई करारमा नियुक्ति दिनुपर्ने माग गर्दै संघका तर्फबाट चितवनका शिक्षक डा. महेश गजुरेल ६ दिनदेखि कीर्तिपुरस्थित त्रिवि मूल ढोकाअगाडि आमरण अनशनमा छन् भने संघका केन्द्रीय समितिका पदाधिकारी र शुभेच्छुकले धर्ना…