बाँधको कटान रोक्न २४ घण्टे अष्टजाम !

कमला नदीको बाढीले बस्ती नजिकै कटान गर्न थालेपछि सिरहा नगरपालिका–६ बसबिट्टाका बासिन्दाले बुधबार साँझबाट बाँधमै २४ घण्टे धार्मिक अनुष्ठान (अष्टजाम) गरेका छन् । माताको रुपमा रहेकी कमला नदी रिसाएर बस्ती नजिकैको तटबन्ध बाढीले कटान गर्न थालेकोले नदीलाई खुशी पार्न भन्दै स्थानीय गाउँलेले कटान भइरहेकै स्थानमा २४ घण्टे अष्टजाम शुरु गरेका हुन् । गाउँलेबाट चन्दा उठाएर…