सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले संसदमा विचाराधिन रहेको संविधान संशोधन प्रस्ताव एकदुई दिनभित्रै निर्णयार्थ पेश गर्ने सरकारको तयारी रहेको बताएका छन् । काठमाडौमा आइतबार भएको साक्षात्कारमा नेता पुनले संशोधन प्रस्ताव टुङगो लगाउने निश्कर्षमा दलहरु पुगेको भन्दै राजपाले परिणाम स्वीकार्न तयार हुनुपर्ने बताए । उनले भने ‘खेलको नियम मान्नुपर्छ, हामी ईमानदारितका साथ दुई…