मुस्ताङको थासाङमा पुनः हिउँपहिरो, बोक्सीखोला थुनियो

धौलागिरि हिमशृङ्खलाको मानापाथी हिमालबाट मंगलबार (११ भदौ) साँझ पुनः हिउँपहिरो खसेको छ । मुस्ताङको थासाङ गाउँपालिका-२ स्थित मूलखर्कमा यही भदौ ७ गते अपराह्न पनि हिउँ पहिरो खसेको थियो । थासाङ गाउँपालिका-२ का वडाध्यक्ष समेत रहेका थासाङ गाउँकार्यपालिकाका प्रवत्ता गौतम शेरचनले हिउँपहिरोले बोक्सीखोला पूर्ण रुपमा थुनिएको जानकारी दिएका छन् । 'यसअघिको पहिरो मूलखर्क क्षेत्रमा थुप्रिएको थियो,…