ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका-१० बेतेनीमा आगोले जलेर आमाछोराको मृत्यु भएको छ । सोमबार (२४ वैशाख) मध्यान्हको समयमा हरिबोले बसाहा सामुदायिक वनको डढेलो खरबारीमा प्रवेश गरेपछि खर जोगाउने क्रममा ५५ वर्षीया पुन्यमाया धमला र उनका छोरा १५ वर्षीय कञ्चन धमलाको घटनास्थलमै ज्यान गएको हो । बाहुनडाँडा कोल पाखामा निजी खरपाखामा राखिएको खरघाँस जोगाउने क्रममा सुरुमा आमा आगोमा…