भालुले लखेट्दा भीरबाट लडेर ७० वटा भेडा मरे

जुम्लाको तातोपानी गाउँपालिका-७ बारागाउँको थुमलचौरमा भालुले लखेट्दा भीरबाट लडेर ७० वटा भेडा मरेका छन् । स्थानीय मगे रावत र सिउल रावतका ती भेडा गएराति भीरबाट लडेर मरेको बारागाउँका शिक्षक अमर रावतले जानकारी दिए । मगे र सिउल दाजुभाइ हुन् । अस्थायी प्रहरी पोस्ट ताम्ती टोप्लाका अनुसार उनीहरुका कूल एक सय दुई भेडामध्ये भीरबाट लडेर मरेको…