‘दान गर्ने बस्तु होइन छोरी’

रेजिना गौतम, विर्तामोड ‘मेरो बिहेमा मलाई कन्यादान दिँदा निकै पीडा अनुभूति भएको थियो । त्यही बेलादेखि मेरो मनमा पस्यो, दान गर्ने कुनै बस्तु होइनन् छोरी !’- विर्तामोड-५ निवासी कञ्चना ढकाल सिटौलाले २९ वर्षअगाडि भएको आफ्नो बिहेमा कन्यादान दिएको स्मरण गर्दै भनिन्- ‘कन्यादान गरिसकेर फुलको थुँगा खुट्टामा राखेर बेहुलालाई ढोग्न लगाउँदै.. लु आजदेखि तपाईंको शरणमा आए…