नेपाली कांग्रेसको उपसभापतिमा खड्का र गुरुङ निर्वाचित

विजय गच्छदार दुई मतले पराजित नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत भएको मतदानमा उपसभापति पदमा नेताहरु पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् । कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई उपसभापतिका लागि भएको निर्वाचनमा खड्का २,१२१ र गुरुङले १,९०८ मत प्राप्त गरी विजयी भएका हुन् । निवर्तमान कार्यसमितिमा खड्का महामन्त्री र गुरुङ केन्द्रीय सदस्य रहेका थिए ।…